२०८३ जेठ १७ गते
आज धनगढी बसपार्क स्थित मञ्जुश्री फाइनान्स लिमिटेड, शाखा कार्यालय धनगढीले यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरलाई ब्राण्डेड कम्प्युटर थान १ र कलर प्रिन्टर थान १ सहयोग प्रदान गरेको छ। यस फाइनान्स लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त कम्प्युटर र प्रिन्टर सहयोग गरिएको यस फाइनान्स लिमिटेडकि सुपरभाइजर द्वय ऐश्वर्या सिंह र पूजा भट्टले विद्यालयका प्र.अ. प्रेमबहादुर शाहीलाई सामग्री हस्तान्तरण गर्दै बताउनु भयो। यसरी निःस्वार्थ विद्यालयलाई सहयोग गरिदिने यस मञ्जुश्री फाइनान्स लिमिटेड, शाखा कार्यालय धनगढीलाई धन्यबाद सहित विद्यालयका तर्फबाट संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना।

