Logo

Logo

School Info

श्री सिद्धनाथ माध्यमिक विद्यालय

धनगढी उपमहानगरपालिका वडा नं.-१२, सिद्धार्थनगर, कैलाली
स्थापित-२०४७
(सामुदायिक विद्यालय)

Flag

Flag

सूचना अपडेटः

फोटो स्लाइडः

Slide 1

विद्यालय भवनः

विद्यालय स्थापित-२०४७ः

Slide 2

विद्यालय पुरस्कृत २०८२ः

ध.उ.न.पा.का प्रमुखद्वारा पुरस्कार हस्तान्तरण गरिदैंः

Slide 3

पुरस्कारको प्रमाण-पत्रः

प्रमाण-पत्र सहित प्र.अ. घनगढीका नगर प्रमुखसंगः

Slide 4

शिक्षक समूहः

वार्षिक उत्सव २०८२ को फोटो सामग्रीः

Slide 5

खेलकुद सप्ताह २०८२ः

विद्यार्थीहरु भलिबल खेल्दैः

Slide 6

अन्तर्क्रिया कार्यक्रम २०८२ः

शिक्षक, विद्यार्थी तथा अभिभावकहरुः

Slide 7

शैक्षिक सामग्री वितरणः २०८२ः

धनगढी उपमहानगरपालिकाको सहयोगः

Slide 8

वार्षिक उतसव २०८२ः

प्रमूख अतिथिको साथमा शिक्षकहरुः

Slide 9

वार्षिक उत्सव २०८२ः

शिक्षकलाई सम्मानित गरिदैः

Slide 10

वार्षिक उत्सव २०८२ः

प्रमुख अतिथि सहित अन्य अतिथिहरूः

Slide 11

वार्षिक उत्सव २०८२ः

प्र.अ. सहित अन्य विद्यालयका प्र.अ.हरुः

Slide 12

वार्षिक उत्सव २०८२ः

पूर्व विद्यालय कर्मचारी सम्मानितः

Slide 13

विदाई कार्यक्रमः

विद्यार्थीहरूः

Slide 14

विदाई कार्यक्रम-२०८२ः

विदाई कार्यक्रममा उपस्थित शिक्षकहरू सहितः

Slide 15

विदाई कार्यक्रम २०८२ः

कक्षा-१२ को विदाई कार्यक्रममा उपस्थित विद्यार्थीहरूः

Slide 16

विदाई कार्यक्रम २०८२ः

कक्षा-१२ को विदाई कार्यक्रममा उपस्थित विद्यार्थीहरूः

हाम्रो बारेमा | About Us

श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी उपमहानगरपालिका वार्ड नं. १२, सिद्धार्थनगरमा अवस्थित सामुदायिक विद्यालय हो । यो विद्यालय वि.सं. २०४७ सालमा स्थापित भई स्थानिय बालबालिकालाई प्राथमिक तहको शिक्षा प्रदान गर्दै २०६३ सालमा नि.मा.वि. तह संचालनको अनुमति प्राप्त गरि नि.मा.वि. तहको विद्यालयको रुपमा यस क्षेत्रका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको थियो। जनशक्तिको अभाव, भौतिक संरचनाको अपर्याप्तता, आर्थिक अभाव जस्ता आधारभूत समस्याका वाफजुत पनि बिद्यालयले आफ्नो शैक्षिक क्रियाकलापलाई निरन्तरता दिइरह्यो ।

वि.सं. २०७१ सालदेखि प्रधानाध्यापकको रुपमा विद्यालयको नेतृत्त्व प्र.अ. प्रेम बहादुर शाहीले लिइसके पश्चात प्रधानाध्यापक आफै विद्यालयको विकासकालागि अग्रसर भइ सहकर्मी शिक्षकहरु तथा सरोकारवालाहरूलाई सक्रिय गराउँदै अघि बढ्दै जानुभयो । स्थानिय अभिभावक, शिक्षाप्रेमी, राजनितीज्ञ लगायत सबैको सक्रिएतामा वि.सं. २०७५ सालमा विद्यालयले माध्यमिक तहको अनुमति लिई आफ्नै स्रोत र साधनमा मा. वि. तहको पढाई संचालन ग-यो ।

विद्यालय नि.मा.वि. तह संचालन हुँदा सम्म तीन वटा मात्र प्रा.वि. तहको स्थाई दरबन्दी भएता पनि विद्यालयमा नि.मा.वि. तहका अंग्रेजी र गणित विषयका राहत दरबन्दी विद्यालयलाई प्राप्त भैसकेका कारण बिद्यालयलाई मा.वि. तह संचालनमा राहत पुगेको थियो । तथापि निजीस्रोत शिक्षकको व्यबस्था गरी विद्यालयलाई संचालन गरिरहँदा २०७८ साल देखि विद्यालयले कक्षा ११ र १२ समेत संचालनको अनुमति लिई आफ्नै स्रोत र साधनबाट कक्षा ११ र १२ को पढाइलाई निरन्तरता दिइरहेको थियो । वि.सं. २०८० साल देखि धनगढी उपमहानगरपालिकाले यस श्री सिद्धनाथ माध्यमिक विद्यालयलाई  नमुना विद्यालयको रुपमा छनौट गरी विद्यालयलाई भौतिक र आार्थिक रुपले सहयोग गरिरहेको छ ।

वि. सं. २०८० मा नमुना विद्यालय घोषणा गरे पश्चात धनगढी उपमहानगरपालिकाले शिक्षण क्रियाकलापलाई वर्तमानको आवश्यकता अनुरूप प्रविधि मैत्री वनाउने उद्देश्यका साथ विद्यालयलाई १० वटा स्मार्टबोर्ड प्रदान गरी जनशक्ति विकासका लागि आवश्यक तालिमको व्यवस्था गर्दै भौतिक एवं आर्थिक रुपमा सहयोग गरीरहेको छ । विद्यालयलाई आवश्यक जनशक्ति उपलब्ध गराउने कार्य अन्तर्गत हालै धनगढी उपमहानगरपालिकाले यस विद्यालयलाई थप पाँचवटा दरवन्दी प्रदान गरेको छ ।

विद्यालयको शैक्षिक जनशक्तीको समस्या तत्कालका लागि समाधान भएको जस्तो देखिएता पनि विद्यालयले यसै शैक्षिक सत्र २०८१ देखि अभिभावकहरूको माग वमोजिम कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट शिक्षण गर्ने कार्यको थालनी गरेको हुँदा अझै केही जनशक्तीको अभाव भने रहेकै छ । तैपनि विद्यालयले उपलव्ध जनशक्तीको परिचालनगरी विद्यालय संचालन गरिरहेको छ । हामी सधै तपाइँहरुबाट हुने सकारात्मक सुझाब र सहयोगको अपेक्षामा हुन्छौ ।

धन्यवाद!



विद्यालयको नेतृत्त्व-समूह

वि.व्य.स.अध्यक्ष

chairperson

शेर बहादुर महरा

वि.व्य.स.अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

शि.अ.संघ अध्यक्ष

principal

हर्कमती चन्द

शि.अ.संघ अध्यक्ष
+९७७-xxxxxxxxxx
siddhanath9848@gmail.com

प्रधानाध्यापक

vice principal

श्री प्रेम बहादुर शाही

प्रधानाध्यापक
+९७७-९८४८४२१८५५
siddhanath9848@gmail.com