प्रेमराज भट्ट, २०८१ फाल्गुन ९ गते
श्री सिद्धनाथ माध्यमिक विद्यालयले २०८१ फाल्गुन ४ गते विद्यालयको ३४औं बार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ एक कार्यक्रमको आयोजना गरी मनाएको छ। कार्यक्रम वि.व्य.स. अध्यक्ष श्री किसनदेव उपाध्यायको सभापतित्त्व तथा कैलाली जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष श्री यज्ञराज उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। विद्यालयले आयोजना गरेको यस कार्यक्रममा विद्यालयको शैक्षिक एवं भौतिक क्षेत्रको विकासमा योगदान पुर‌्याएको भन्दै विद्यालयले १४ जनालाई सम्मानित गर्दै प्रमाणपत्र हस्तान्तरण गरेको छ। यसरी सम्मानित हुनु हुनेमा तिन जना पूर्व शिक्षक, चार जना कार्यरत शिक्षक लगायत दुईजना अभिभावक, तीनजना सामाजसेवी र दुईजनालाई खेलकुद प्रशिक्षक रहेका छन्।

सम्मानित हुने महानुभावहरूको सूची निम्नअनुसार रहेको छ।
१- प्रमिता सिंह                        बाल विकास शिक्षक
२‍- हरिना सिंह                         प्रा.वि. तह शिक्षक
३- तेजराज भट्ट                       नि.मा.वि. तह शिक्षक
४- टंकप्रसाद जोशी                 मा.वि. तह शिक्षक
५- रत्ना अधिकारी                   पूर्व शिक्षक
६- कलक विश्वकर्मा                पूर्व शिक्षक
७- तेजेन्द्र चलाउने                  पूर्व शिक्षक
८- अमर बहादुर सिंह              अभिभावक
९- हर्कमती चन्द                     अभिभावक
१०- शान्ती सिंह शाही              समाजसेवी
११- राजेन्द्र रैका                      समाजसेवी
१२- सुमिता खड्का                 समाजसेवी
१३- ज्ञानेद्र क्षेत्री                       क्रिकेट प्रशिक्षक
१४- योगेन्द्र खोलौला                तेक्वान्दो प्रशिक्षक

कार्यक्रममा सम्मानित हुने यी महानुभावहरू सम्मानित हुँदै गर्दा लिइएका केही फोटो क्लिपहरू यहाँ पोस्ट गरिएका छन्।