२०८२ असाढ २४ गते।
आज धनगढी उपमहानगरपालिका वार्ड नं. १२ को वडा कार्यालयद्वारा आयोजित बृहत वृक्षारोपण कार्यक्रममा कार्यालयको आमन्त्रणमा यस श्री सिद्धनाथ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु सहभागी भएका छन्। वडा कार्यालयका वडा प्रतिनिधि, कर्मचारी, स्थानीय प्रहरी चौकिका प्रहरी, सशस्त्रप्रहरी, स्थानीय समाजसेवी लगाएतको उपस्थिति रहेको उक्त वृक्षारोपण कार्यक्रममा श्री सिद्धनाथ माध्यमिक विद्यालयका विद्यार्थी एवं शिक्षकहरूको पनि सहभागिता थियो। विद्यार्थीहरूले संयुक्त रुपमा दुईसय भन्दा बढी विभिन्न प्रजातिका वोट विरूवाहरूको वृक्षारोपण गरेका छन्।