आज मिति २०८२ कार्तिक १४ गते, दशैं विदा पछिको पहिलो शुक्रवारका दिन, यस श्री सिद्धनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरु फूलबारी गोडमेल कार्यक्रमा संलग्न हुँदै फूलबारी भित्र र बाहिरको अनावश्यक घाँस उकेल्दै गरेका दृश्य देखिएका छन्। विद्यालय परिसर भित्र विद्यार्थीहरुले दशैं विदा अगावै रोपेका फूलहरु ढकम्म फुलेर मन मोहक दृश्य भएको र विद्यार्थी शोःस्फुर्त रुपमा फुलवारी सरसफाइमा लागेका देखिन्छन्। विद्यार्थीहरु सरसफाइ गर्दै गर्दा लिइएका केही फोटोहरु यहाँ हर्न सकिन्छन्।