२०८२ कार्तिक २७
श्री सिद्धनाथ माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीहरु २०८२ कार्तिक २७ गते लुम्बिनी र पोखराको शैक्षिक अवलोकन भ्रमणका लागि प्रस्तान गरेका थिय। प्रत्येक कक्षाका जम्मा ४७ जना प्रतिनिधि विद्यार्थीहरुको समूहले धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक नगरी लुम्बिनी तथा पोखराको भ्रमण गरेका छन्। २०८२ कार्तिक साझ बसको यात्रा गर्दै विद्यालयबाट प्रस्थान गरेको विद्यार्थीहरुको समूहले २०८२ कार्तिक २८ गते दिन भरि लुम्बीनी क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। लुम्बिनी क्षेत्रमा विभिन्न देशद्वारा निर्मित स्मारक भवनहरुको अवलोकन गर्दै विद्यार्थीहरुले मायादेवी मन्दिरको समेत अवलोकन गरी लुम्बिनीबाट साझ ५ जबे पोखराकालागि प्रस्थान गरेका थिए।

लुम्बिनी देखि पोखरा सम्मको रातभरिको १० घण्टाको लामो यात्रा पार गर्दै विद्यार्थीहरुको समूह २०८२ कार्तिक २९ गते विहान पोखरा पुगेको थियो। पोखरामा विद्यार्थीकरुले विहानको समयमा गुप्तेश्वर महादेव, डेभिड फल्स लगायत कतिपय स्थानहरुको अवलोकन भ्रमण गरे। दिउँसोको समयमा महेन्द्र गुफा, फेवाताल लगाएतका कतिपय अन्य स्थानको अवलोकन भ्रमण गर्दै रमाउँदै विद्यार्थीहरु २०८२ कार्तिक २९ गते साझ पोखराबाट पर्केका थिय। छोटो समयमा लुम्बिनी र पोखरा दुबै ठाउँको यात्रा गर्नु परेका कारण विद्यार्थीहरु केही थाकेका समेत देखिन्थे। तथापि बाटोमा थकाइ मार्दै फर्किएको विद्यार्थीको समूह २०८२ कार्तिक ३० गते साझ धनगढी पुगेको थियो। अवलोकन भ्रमणका केही तस्विरहरु यहाँ पोस्ट गरिएका छन्।