२०८२ मंसिर ५ गते,
आज यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरमा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक, विद्यार्थी एवम् विषयगत शिक्षकहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। विद्यार्थीहरुको पठन पाठन र उनीहरुको सिकाई क्रियाकलापमा सुधार गर्ने कार्यमा सम्बद्ध पक्षहरुको भूमिकाका बिषयमा केन्द्रित कार्यक्रममा विद्यार्थीहरुका समस्या, शिक्षकहरु र अभिभावकहरुको भूमिका विषयमा छलफल केन्द्रित रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री किसनदेव उपाध्यायज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुका सिकाई सम्बन्धि समस्याको पहिचान गर्ने र शिक्षक एवम् अभिभावकहरुले समस्या समाधानमा खेल्नु पर्ने भूमिकाका विषयमा व्यापक छलफल गरी सम्बद्ध पक्षहरुले आ‍-आफ्नो जिम्मेवारी निर्बाह गर्दै विद्यार्थीहरुको सिकाई क्रियाकलापमा सुधार गर्ने र गराउने प्रतिवद्धताका साथ कार्य गर्दै जानु पर्ने कुरामा उपस्थित सवैले जोड दिएका थिए।

विद्यालयले आयोजना गरेको यस कार्यक्रमा उपस्थित सम्पूर्ण अभिभावकहरुलाई धन्यवाद दिँदै विद्यालयका प्रधानाध्यापक श्री प्रेम बहादुर शाहीज्यूले विद्यार्थीहरुको पठन पाठनमा घरमा समेत अभिभावकहरुले विशेष निगरानी साथ ध्यान दिई सहयोग गरिदिन आग्रह गर्नु भएको थियो।