धनगढी उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा आयोजित नगर स्तरीय अतिरिक्त क्रियाकलाप अर्न्तगत वडा नं. ७, ९, १० र १२ स्थित विद्यालयहरुमा अध्ययनरत आधारभूत तह (कक्षा ४ र ५) का विद्यार्थीहरुको सहभागिता हुने गरी अन्तर विद्यालय हिज्जे प्रतियोगिता र (कक्षा ६ देखि ८ सम्म) का विद्यार्थीहरुको सहभागिता हुने गरी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता आज धनगढी उपमहानगरपालिका वार्ड नं. १२ स्थित श्री दुर्गा आधारभूत विद्यालय जुगेडामा सम्पन्न गरिएको छ। शिक्षा, युवा तथा खेलकुद महाशाखाका श्री केशव खत्रीज्यूको समुपस्थितिमा आयोजित प्रतियोगितामा प्राय सबैजसो विद्यालयहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा हाजिरी जवाफ तर्फ श्री जनकल्याण मा.वि. को विद्यार्थी समूहले प्रथम स्थान, श्री सिद्धनाथ मा. वि. को विद्यार्थी समूहले द्वितीय स्थान र श्री दुर्गा आ. वि को विद्यार्थी समूहले तृतीय स्थान हासिल गरेका छन। यसै गरी हिज्जे प्रतियोगिता तर्फ श्री सिद्धनाथ मा. वि. को विद्यार्थी समूहले प्रथम स्थान र श्री दुर्गा आ. वि को विद्यार्थी समूह द्वितीय स्थान हासिल गरेका छन।
अन्तर विद्यालय हिज्जे तथा हाजिरीजवाफ प्रतियोगिता || Inter-school spelling and quiz competition
२०८२ असाढ १८ गते

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links