प्रेमराज भट्ट, २०८१ फाल्गुन २३ गते,
आज २०८१ फाल्गुन २३ गते यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरमा कक्षा ५-८ मा अध्ययनरत विद्यार्थीहरुको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ। ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी यस विद्यालयको "श्री सिद्धनाथ मा.वि. बालक्लव" को पहलमा धनगढी उपमहानगपालिका वडा नं. १२ को वडा कार्यालय र "यार्ड" को सहयोग र समन्वयमा यस विद्यालयको प्राङ्गणमा आयोजित यस वक्तृत्वकला कार्यक्रममा श्री सिद्धनाथ मा.वि. र श्री दुर्गा आधारभूत विद्यालयका छात्र छात्राहरुको सहभगिता रहेको थियो। यस विद्यालयका वि. व्य. समितिका अध्यक्ष श्री किसनदेव उपाध्यायज्यूको प्रमुख आतिथ्यमा संचालित यस वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा वडा जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, यार्डका प्रतिनिधि लगायत सहभागि विद्यालयका शिक्षकहरुको समेत उपस्थिति रहेको थियो।
"महिला सशक्तीकरण बाल संरक्षणको आधार" विषयक आजको वक्तृत्वकला प्रतियोगितामा सहभागिहरुले वडो उत्साहपूर्व आ-आफ्ना विचारहरू प्रस्तुत गरेका थिए। यस प्रतियोगिताको निर्णायक मंडलमा सहभागि विद्यालयका शिक्षक श्री हरि प्रसाद लम्साल, श्री शारदा देउवा र श्री टंक प्रसाद जोशी रहनुभएकोमा उहाँहरुको निर्णय प्रतिवेदन अनुसार श्री दुर्गा आधारभूत विद्यालयकी छात्रा द्वय श्री रोहिणी ढाँट कक्षा-६ र श्री पवित्रा थापा कक्षा-५ ले प्रथम र द्वितीय स्थान हासिल गर्नु भयो भने श्री सिद्धनाथ मा.वि. की छात्रा श्री कविता रोकाया कक्षा-६ ले तृतीय स्थान र श्री सिद्धनाथ मा.वि. कै छात्र श्री आदित्य कुँवर कक्षा-६ ले सान्त्वना पुरस्कारको स्थान हासिल गरी पुरस्कृत भएका छन्। कार्यक्रम संचालन हुँदै गर्दा लिइएका केही फोटोक्लिप्सहरू यहाँ पोस्ट गरिएका छन्।
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links