आज २०८१ कार्तिक १४ गते दिपावलीको अवसरमा विद्यालयमा विदा हुने अन्तिम दिन यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुबिच "देउसी भैलो प्रतियोगिता" कार्यक्रमको आयोजना गरि प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कक्षाका विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी समूहहरु क्रमश रू १०००/-, ५००/- र ३००/- बाट पुरस्कृत भएका छन् । विद्यार्थीहरु दिपावलीको पूर्वसन्ध्यामा विद्यालयमा देउसी भैलो खेलि रमाउने अवसर पाउँदा खुसि भएका देखिन्छन् ।