आज २०८१ कार्तिक १४ गते यस श्री सिद्धनाथ माध्यमिक विद्यालय, धनगढी‍-१२, सिद्धार्थनगरका कक्षा-१२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा-११ का नवागन्तुक विद्यार्थी भाइवहिनीहरुको स्वागतका लागि स्वागत कार्यक्रमको आयोजना गरी पुष्प माला लगाई स्वागत गरेका छन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा आसिन विद्यालयका प्रधानाध्यापक श्री प्रेम बहादुर शाहीज्यूले आफ्नो मन्तव्य राख्दै कक्षा-१२ का विद्यार्थीहरुले स्वागत कार्यक्रमको परम्परालाई निरन्तरता दिएकोमा धन्यबाद दिनुभयो भने नवागन्तुक कक्षा-११ का भाइबहिनीहरुलाई विद्यालयको तर्फबाट स्वागत गर्नु भयो ।