हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड दिपावली २०८१ को विदा पश्चात आज २०८१ कार्तिक २५ गते देखि विद्यालय पुनः संचालन भएको छ। यस वर्षको दिपावली एवं छठ पर्वको अवसरमा २०८१ कार्तिक १५ गते देखि कार्तिक २४ गते सम्म जम्मा दश दिनका लागि विद्यालयका शैक्षिक क्रियाकलाप स्थगित गरी विदा दिइएको थियो । विदा पछिको विद्यालय संचालनको पहिलो दिन आज विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्युन देखिएता पनि विद्यार्थीहरुको उपस्थिति चाडै बढ्ने कुरामा विद्यालय विश्वस्त छ । 

अव उप्रान्त लामो समयका लागि दिइने विदा नरहेकाले विद्यालयमा निरन्तर पढाई हुने र विद्यार्थीहरुले समयमा कक्षामा नियमित उपस्थित नभए विद्यार्थीहरुको पढाई प्रभावित हुने कुरामा हाम्रा विद्यार्थीहरू स्वयं सचेत रहेकाले विद्यार्थीको उपस्थिति बढ्दै जाने कुरा हामी शिक्षक विश्वस्त छौं ।