यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी एवं कार्यरत शिक्षकहरू दिनहुँ विभिन्न  शैक्षिक तथा अतिरिक्त क्रियकलापमा व्यस्त रहेका हुन्छन्। विद्यार्थीहरू कक्षा कोठामा पढ्ने, कक्षाकार्य गर्ने लगाएत विभिन्न अतिरिक्त क्रियाकलापमा व्यस्त रहन्छन्। फुर्सतको समयमा पुस्तकालयमा पुस्तक पढ्ने, गृहकार्य गर्ने तथा खेल मैदानमा विभिन्न खेल खेल्ने कार्यमा व्यस्त रहेका हुन्छन् । शिक्षकहरू आ-आफ्नो  निर्धारित कक्षाहरुमा अध्यापन गरिरहेका र फुर्सतको समयमा गृहकार्य परीक्षण गर्ने कार्यमा व्यस्त रहेका हुन्छन् । साथै समय समयमा प्रशासनिक कार्यमा समेत आवश्यकता अनुसार सहयोग गर्ने काममा संलगन रहि कार्य गर्नमा शिक्षकहरु व्यस्त रहन्छन् । शिक्षक कर्मचारीहरूमा कहिले काही एक आपसमा भलाकुसारी गर्ने मानवीय गुणको लक्षण पनि नदेखिने भने होइन।

यस्तै केही क्रियाकलाप संग सम्वन्धित विद्यार्थी एवं शिक्षकहरुका कैद गरिएका फोटो क्लिप्सहरु यहाँ तल पोष्ट गरिएका छन्।

१- विद्यार्थीहरू पुस्तकालयमा पुस्तक पढ्दै गरेको फोटो क्लिप।


२- शिक्षकहरु गृहकार्य जाँच गर्दै गरेका फोटो क्लिप्स ।



३- विद्यार्थीहरू कक्षामा सोधिएका प्रश्नहरुको उत्तर दिदैं गरेका फोटो क्लिप्सहरु ।



४- विद्यार्थीहरु प्राथना सभामा प्राथना गर्दै गरेका फोटो क्लिप्सहरु ।



५- शिक्षकहरू फुर्सतको समयमा नास्ता गर्दै भलाकुसारी गरिरहेका फोटो क्लिप्सहरू ।