आज २०८१ कार्तिक २८ गतेका दिन कक्षा ८ का विद्यार्थीका अभिभावक तथा विद्यार्थीहरु संग विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने सम्वन्धमा भावी रणनिती तय गर्ने उद्देश्यका साथ छलफल कार्यक्रमको आयोजना गरी विद्यार्थी तथा अभिभावकका धारणा बुझ्ने तथा उक्त विषय सम्बन्धमा विद्यालयको धारणा एबं रणनीतिको बारेमा अवगत राउने कार्य गरियो। आगामि बार्षिक परीक्षामा विद्यार्थीहरुको शैक्षिक उपलब्धि बढाउन तथा विद्यार्थीको उत्तिर्ण दर अझै बृद्धि गर्न विद्यालयको विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यपक प्रेम बहादुर शाहीले बताउनु भयो । विद्यालएको यो योजना साकार पार्न अभिभावकहरूले आफ्नो तर्फबाट महत्त्वपूर्ण भुमिका खेल्न समेत वहाँले उपस्थित अभिभावकहरुलाई आग्रह गर्नु भयो । साथै विद्यार्थीहरुलाई समेत वहाँले विद्यालयको यस अभियानमा सकारात्मक रुपमा सहभागी भई आ-आफ्नो पढाईमा विशेष ध्यान दिन समेत सुझाव दिनुभएको थीयो ।