आज २०८१ कार्तिक २९ गते श्री सिद्धनाथ मा.वि. धनगढी १२, सिद्धार्थनगरले कक्षा १० का विद्यार्थी, शिक्षक एवं अभिभावक संग संयुक्त छलफल कार्यक्रमको आयोजना गरेको छ। आगामि SEE परीक्षामा यस विद्यालयबाट सहभागिहुने विद्यार्थीहरुको उत्तिर्ण प्रतिशत बढाउन विद्यार्थीहरुको पढाईलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा छलफल केन्द्रित रहेको थियो । छलफलमा अभिभावक, शिक्षक तथा विद्यार्थीहरुले आ-आफ्नो धारणा राख्दै विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए । छलफलमा आफ्नो विचार राख्दै विद्यालयका प्रधानाध्यपक प्रेम बहादुर शाहीले बताउनु भयो, "विद्यालयको प्रमुख उद्देश्य बालबालिकाहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने हो । यसका लागि हामी अतिरिक्त कक्षा संचालन गर्न तयार छौ । चाडै कक्षा १० लगाएत अन्य कक्षाका विद्यार्थीहरुकालागि लागि अतिरिक्त कक्षा सञ्चालन गरिने छ।"