आज २०८१ कार्तिक २९ गतेका दिन यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी १२ सिद्धार्थनगरले विद्यालय परिसर भित्र लगाइएका आँप, अम्बा लगाएतका अन्य साना बोटबिरुवाको गोडमेल तथा संरक्षण गर्ने र विद्यालय परिसर लगाएत परिसर बाहिर ५०० मिटरको दुरी सम्म सरसफाई गर्ने कार्यक्रमको आयोजना गरी विद्यार्थी परिचालन गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई बोटबिरुवा गोडमेल गर्ने जिम्मेवारी दिइएको थियो भने कक्ष ८, ९ र १० का विद्यार्थीहरुले विद्यालय वरिपरी ५०० मिटरको दुरी सम्म सरसफाई गर्ने जिम्मेवारी पाएका थिए । कक्षा ७ र सो भन्दा साना कक्षाका विद्यार्थीहरुले विद्यालय परिसर भित्र सरसफाई गरेको थिए।

        बोटबिरुवा गोडमेल तथा सरसफाई गर्ने गराउने कार्यमा प्रत्येक कक्षाका कक्षा शिक्षकहरुलाई विद्यार्थी परिचालन गरी कार्य सम्पन्न गर्ने जिम्मेवारी तोकिएको थियो। शिक्षक तथा विद्यार्थीहरुले आ-आफ्नो जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरेका छन् ।