श्री सिद्धनाथ माध्यमिक विद्यालयमा शिक्षकहरुले विद्यार्थीहरुलाई कक्षामा शिक्षण कार्य गर्दा विभिन्न विषयमा शिक्षण सिकाइ क्रियाकलाप अन्तर्गत पाठ्यबस्तुले निर्देशन गरे अनुसारका परियोजना कार्य गर्न लगाई शिक्षण क्रियाकलाप गर्ने गराउने गरिरहेका हुन्छन्। यसरी विद्यार्थीहरुलाई परियोजना कार्य गर्न लगाई शिक्षण कार्य गर्दा विद्यार्थीहरुको सिकाइमा सकारात्मक प्रभाव पर्ने कुरा विभिन्न शिक्षाविदहरुले गरेका अनुसन्धानबाट समेत पुष्टि भइ सकेको छ। विद्यार्थीहरुलाई परियोजना कार्य गर्न लगाई शिक्षण गर्ने कार्यमा जोड दिने यस श्री सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरु मध्यका एक शिक्षक श्री तेजराज भट्ट पनि हुन्। वहाँले गणित विषयको शिक्षण गर्दै गर्दा विद्यार्थी हरुलाई कहिलै फिल्ड कार्यमा लगि शिक्षण गर्ने र कहिलै परियोजना कार्य गर्न लगाएर पनि शिक्षण गर्ने गर्नु हुन्छ। वहाँले २०८१ मंसिर ६ गते परियोजना कार्य गर्न लगाई कक्षा ९ को गणित विषयको शिक्षण गर्दै गर्दा कैद गरिएका केहि फोटो क्लिप्स यहाँ पोष्ट गरिएका छन्।