श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२ सिद्धार्थनगरले दैनिक बिहानको प्राथना सभाको आयोजना गरी विद्यार्थीहरुद्वारा विभिन्न क्रियाकलापहरु गराउने गरेको छ। प्राथना सभामा राष्ट्रिय गान पश्चात P.T., Quiz, र Speech Deliver जस्ता क्रियाकलाप दैनिक हुने गर्दछन् । यस्ता क्रियाकलाप गराउने कार्यमा यसै विद्यालयका शिक्षक श्री टंक प्रसाद जोशीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ। वहाँको सक्रियतामा यस विद्यालयको विहानको प्राथना सभा एकदमै प्रभावकारी हुने गरेको छ। आज २०८१ मंसिर ९ गते प्राथना सभा हुँदैगर्दा लिइएका केही फोटोका झलकहरु यहाँ पोष्ट गरिएका छन्।