२०८१ मंसिर ७ र ८ गते धनगढी चौराह स्थित "होटेल जियान एण्ड होस्पिट्यालिटी प्रा. लि." मा "यार्ड" कैलालीको आयोजनामा "सकारात्मक अनुशासन विधि" सम्बन्धि शिक्षकहरू दुई दिने तालिम सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका अन्तर्गतका चारवटा विद्यालयका पाँच पाँच जना शिक्षकहरु गरी प्रत्येक शुक्रवार र शनिवार मंसिर महिनाभरी संचालन हुने यस तालिममा विद्यालयमा सकारात्मक अनुशासन विधि सम्वन्धि छलफल हुने गरेको छ। दोस्रो चरणको यो तालिम मंसिर ७ र ८ र गते सम्पन्न भएको छ । उक्त तालिममा श्री सिद्धनाथ माध्यमिक विद्यालयका पाँच जना शिक्षकहरुको सहभागिता रहेको थियो । हसभागि शिक्षकहरु श्री हरिप्रसाद लम्साल, श्री महेन्द्र चौधरी, श्री बिमला खत्री, श्री सरिता शाही र श्री बागेश्वरी बिनाडी हुनुहुन्थ्यो ।