मंसिर ७ शुक्रबार, २०८१
आज यस श्री सिद्धनाथ माधयमिक विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता समपन्न भएको छ । कक्षा १-५ का साना विद्यार्थीहरुको हाजिरीजवाफ प्रतियोगिताको कार्यक्रम श्री राजेश भट्ट सरले संचालन गर्नु भएको थियो भने दिपेश्वरी बम र प्रतिमा सिंह म्यामहरुले कार्यक्रम संचालना सहयोग गर्नु भएको थियो। यसै गरी कक्षा ८-१२ का विद्यार्थीहरुको शुक्रबारीय अन्तरसदनात्मक हाजिरीजबाफ प्रतियोगिता कार्यक्रमको उदघाटन सहायक प्र.अ. श्री हरिना सिंह म्यामले गर्नु भएको थियो भने कार्यक्रम संचालन श्री दिनेश रोकाया सरले गर्नुभएको थियो। कार्यक्रम संचालनमा श्री प्रेमराज भट्ट, जनकराज अवस्थी सरहरु लगाएत मिस रोशनी चौधरीले सहयोग गर्नु भएको थियो।