२०८१ मंसिर १४ गते शुक्रबारका दिन यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा ९-१२ का विद्यार्थिहरू बिच House-wise हिज्जे प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगितामा बिभिन्न हाउसका छात्र र छात्राको सहभागिता हुने गरि समूह निर्माण गरि सहभागि गराइएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका अंग्रेजी विषय शिक्षक श्री टंक प्रसाद जोशीले गर्नु भएको थियो भने कार्यक्रम संचालनमा शिक्षकहरु श्री बिमला खत्री, श्री सरिता शाही र श्री प्रेमराज भट्टले सहयोग गर्नु भएको थियो। यस शुक्रबारीय कार्यक्रम संञ्चालनको समयमा लिइएका केही फोटो क्लिप्सहरु।