आज २०८१ मंसिर २० गते यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी १२, सिद्धार्थनगरमा गैर सरकारी संस्था YARD यार्डले एक कार्यक्रमको आयोजना गरी यस विद्यालयमा बाल विकास देखि कक्षा १२ सम्मका अध्ययनरत जेहेन्दार, अभिभावक विहिन, दलित एवम् गरिब परिवारका विद्यार्थी मध्यका ४० जना विद्यार्थीहरुलाई कलम, पेन्सिल, रबर, रंग, उत्तर पुस्तिका लगायत ब्याग सहितको शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रम धनगढी उपमहानगरपालिका वार्ड नं. १२ का वडा अध्यक्ष श्री शेर बहादुर महराज्यूको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि विद्यालयका प्र.अ. श्री प्रेम बहादुर शाहीज्यूले आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरी सहयोग गर्ने संस्था र उक्त संस्थाका प्रतिनिधिहरुलाई धन्यबाद दिनु भयो। कार्यक्रमका प्रमुख अतिथि श्री शेर बहादुर महराज्यूले आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरुलाई उच्च मनोवलका साथ निरन्तर आफ्नो पढाई प्रति समर्पित रहि विद्यालयवाट जीवन उपयोगी ज्ञान, सिप हासिल गर्दै आफ्नो र समाजको हितमा उपयोग गर्न र सक्षम नागरिक बन्न प्रेरणा दिनु भयो।










Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links