आज २०८१ मंसिर २ गते देखि यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरमा खेल सप्ताह सुरु भएको छ। विगत झैं यस वर्ष पनि विभिन्न कक्षाका विद्यार्थीहरु बिच बिभिन्न खेलका माध्यमबाट आन्तरिक प्रतिस्पर्धा गराई प्रथम, द्वीतिय र तृतीय हुने विद्यार्थीलाई यस बर्ष मनाइने बार्षिक उत्सवको अवसरमा पुरस्कृत गर्ने विद्यालयको योजना रहेको छ। यसका साथै विभिन्न खेल विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई आगामी दिनमा धनगढी उपमहानगरपालिका द्वारा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हुने प्रतिस्पर्धामा सहभागिताका लागि समेत छनौट गरी पठाउने विद्यालयको उद्देश्य रहेको छ।
विद्यालयले विद्यार्थीहरुलाई विभिन्न पाँचवटा Red House, Blue House, Green House, White House र Yellow House समूहमा विभाजन गरी १-५, ६-८ र ९-१२ कक्षा बिच प्रतिस्पर्धा गराउँदै छ। विद्यालयमा हुदै गरेको खेलकुद प्रतिस्पर्धामा दौड, रिले, सटपुट, ज्याबलिङ थ्रो, भलिबल, फुटबल, क्रिकेट, क्विच कन्टेष्ट लगाएतका विधामा छात्रा र छात्र समूहका छुट्टछुट्टै खेलकुदहरू भइरहेका छन्।
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links