श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२ सिद्धार्थनगरमा २०८१ मंसिर २ गते देखि संचालित खेलकुद सप्ताहको आज दोस्रो दिन विद्यार्थीहरुका कबड्डी, भलिवल लगाएत बिभिन्न विधामा प्रतिस्पर्धात्मक खेलहरु गराइएका छन् । हिजो छात्रा तर्फको भलिवलको सेमी फाइनल खेलको भएको थियो भने आज छात्र तर्फ भलिवलको सेमी फाइनल खेल सम्पन्न भएको छ। भोलि देखि छात्र तर्फको फुटवल खेलको प्रतिस्पर्धा हुने खेल तालिका रहेको बताउनु हुन्छ खेलकुद शिक्षक/संयोजक श्री देनेश रोकाया सर । आज भएका खेलका केहि फोटो क्लिपसहरू यहाँ पोस्ट गरिएका छन्।