आज २०८१ पौष १६ गते यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा अध्यनरत बाल विकास देखि कक्षा-१२ सम्मका विद्यार्थीहरु मध्यबाट जेहेन्दार, न्युन आर्थिक अवस्था भएका विद्यार्थीहरु समावेश हुनेगरी ६५ जना विद्यार्थीहरुलाई गै.स. संस्था Save the Children को सहयोग र YARD को सहजिकरणमा सहयात्रा III परियोजना अन्तर्गत संरक्षणको हिसाबले अति जोखिममा रहेका बालबालिकाहरूलाई जाडो मौशममा लगाउने न्यानो लुगा र विद्यालय पोशाकको कपडा निशुल्कः वितरण गरिएको छ। यसका साथ साथै विद्यार्थीहरुको खेलकुद एवम् मनोरन्जनका लागि ३ थान भलिबल, ३ थान फुटबल, लुडो, चेस, क्यारेमबोर्ड, क्रिकेट ब्याट्स, ग्लोभ्ज, प्याड्स, ठूलो बाकस, दराज लगाएतका विभिन्न शैक्षिक सामग्री समेत विद्यालयलाई हस्तान्तरण गरिएको छ। साथसाथै यस विद्यालयको बालक्लबलाई समेत विभिन्न सामग्री हस्तान्तरण गरी सहयोग गरिएको छ। विद्यालयकै खेल मैदानमा वि.व्य.स. अध्यक्ष, जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरुको संयुक्त गपस्थितिमा आज एक कार्यक्रमका बिच यि सामग्रीहरू वितरण गरिएको थियो।
विद्यार्थी लगाएत विद्यालयलाई विभिन्न सामग्री निःशुल्क हस्तान्तरण गरि सहयोग गर्ने यस परियोजनाका कार्यक्रम संयोजक श्री डम्मर बोहराज्यू लगाएत सम्पूर्ण यार्ड परिवारसंगै 'सेभ द चिल्ड्रेन' लाई विद्यालय परिवारको तर्फबाट धन्यबाद!

Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links