'Save The Children' को सहयोग र 'Yard' को सहजीकरमा सहयात्र कार्यक्रम अन्तर्गत विगत एक महिना देखि शुक्रबार र शनिबार हप्ताको दुई दिन गरि चरणबद्ध किसिमले विभिन्न विद्यालयका शिक्षकहरूकालागि 'सकारात्मक अनुशासन विधि सम्बन्धि' तालिम धनगढी चौराह स्थित Hotel Jiyan & Hospitality Pvt. Ltd. मा संचालन भईरहेकोमा आज २०८१ मंसिर २९ गते चौथो चरणको तालिम सम्पन्न भएको छ। तालिममा श्री सिद्धनाथ मा.वि. धनगढी-१२, श्री ठेकराज मा.वि. घुडसुवा, श्री भवानी मा.वि. धनगढी-९, लगाएत पाँचवटा विद्यालयका पाँव पाँच जना शिक्षकहरूको उपस्थिति रहेको थियो।
श्री सिद्धनाथ माध्यमिक विद्यालयबाट तालिममा सहभागी शिक्षकहरू श्री हरिना सिंह, श्री प्रेमराज भट्ट, श्री सरस्वती पाण्डे, श्री मिना गिरी र श्री बागेश्वरी विनाडी हुनुहुन्थ्यो। यसै गरि श्री भवानी मा.वि.बाट श्री चित्रा भट्ट, श्री भगवती पार्की, श्री पुष्पा जोशी, श्री रिता जोशी, श्री बिट्टो राना र श्री रिता कुमारी पार्की सहभागी हुनुहुन्थ्यो भने श्री ठेकराज मा.वि बाट श्री लेखराज ओझा, श्री विनोद हमाल, श्री पद्मा कुमारी पनेरू, श्री बसन्ती जोशी लगाएतका शिक्षकहरूको सहभागिता रहेको थियो।
तालिम कार्यक्रमको संचालन उक्त संस्थाको सहयात्र कार्यक्रमका संयोजक श्री डम्बर बहादुर बोहराज्यूबाट गरिएको थियो भने प्रक्षिकको रुपमा शिक्षा विकास एकाइका उपसचिव/प्रमुख आदरणीय श्री भिम प्रसाद पनेरुज्युको उपस्थिति रहेको थियो। कार्यक्रममा भिम सरले विद्यालयमा सकारात्मक अनुशासन विधि सम्बन्धि विविध पक्षमाथि प्रकास पार्नु भएको थियो।


.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
Important Links
☛ इमिस लगइन IEMIS Login पेज
☛ शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढी
☛ कक्षा १० का बिषयहरुको (SEE) बिषय कोड
☛ कक्षा ११ र १२ लेटर ग्रेडिङ र बिषय कोड
☛ विभिन्न कक्षाका पढाउँदै गरेका Videos
☛ धनगढी उपमहानगरपालिकाको कार्यालय
☛ शिक्षा तथा मानव विकास स्रोत केन्द्र
☛ शि.वि.प्र. मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र
☛ राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर
☛ परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
☛ गुनासो सुनुवाइ कार्यविधि २०७४
☛ लेटर ग्रेडिङ् पद्धति सहयोगी पुस्तिका २०७९
☛ नेपाल सरकार शिक्षक सेवा आयोग
☛ विद्यालय सुधार योजना
☛ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Followers
Social Links