धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले उपमहानगरपालिका द्वारा नियुक्त शिक्षकहरुले प्रत्येक महिनाभरि विद्यालयमा गरेका शिक्षण सिकाइ क्रियाकलापहरुको मासिक प्रस्तुतीकरण गर्ने कार्यक्रम आयोजना गर्ने गरेकोमा आज २०८१ पौष ४ गते धनगढी उपमहानगरपालिकाको सभा हलमा शिक्षकहरुले मंसिर महिनाभरि गरेका क्रियाकलापहरुको प्रस्तुतीकरण गर्ने कार्यक्रमको आयोजना  गरेको छ। उक्त कार्यक्रममा श्री सिद्धनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरु प्रेमराज भट्ट, बिमला खत्री, सरस्वती पाण्डेय, राजेश भट्ट र रोजीना चौधरी उपस्थित भई आ-आफूले विद्यालयमा मंसिर महिनाभरि गरेका शिक्षण सिकाइ क्रियाकलापको प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँहरुले प्रस्तुतीकरण गर्दै गरेका केही फोटोहरु यहाँ पोष्ट गरिएका छन्।