आज  २०८१ मंसिर २२ गते यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरका बाल क्लवका विद्यार्थीहरुको आयोजनामा 'YARD Nepal' धनगढी कि प्रतिनिधि श्री सुनिता खड्काज्युको सहजिकरणमा 'बाल विवाह र यसका प्रभाव एवम् लागु पदार्थ दुर्व्यशन' सम्बन्धि अभिभावक, विद्यार्थी एवम् निज यार्ड प्रतिनिधि सुनिता खड्का बिच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम समापन भएको छ। कार्यक्रममा बाल क्लवका विद्यार्थी भाइबहिनीहरु, अभिभावकहरू, यार्ड प्रतिनिधि सुनिता खड्का, विद्यालयका प्र.अ. प्रेम बहादुर शाही र बाल क्लव सरक्षक शिक्षक प्रेमराज भट्टको उपस्थिति रहेको थियो। बाल विवाह, लागुपदार्थ दिर्व्यशन लगाएत बाल बालिकाको र अभिभावकको भूमिका सम्बन्धमा निज खड्का म्याम, अभिभावकहरू एवम् विद्यालय प्र.अ.ज्यूले आफ्नो विचार राख्नु भएको थियो।