२०८१ पौष महिनामा धनगढी उपमहानगरपलिकाद्वारा आयोजित यस बर्षको १५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा यस श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरमा विभिन्न कक्षामा अध्ययनरत छात्रा छात्रहरु प्रतियोगिताका विभिन्न विधामा सहभागि भएका थिए। सहभागि विद्यार्थीहरुले कयौं विधामा उत्कृष्ट प्रदर्शन गरि स्वर्ण, रजत र काश्य जस्ता विभिन्न पदक तथा प्रमाणपत्र बाट विभूशित पनि भएका थिए। यसरी उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि विभूशित हुने विद्यर्थीहरुको हौसलालाई उजागर गर्नु पर्छ भन्ने मनसायका साथ विद्यालयले समेत आज २०८१ माघ १० गते एक कार्यक्रमको आयोजना गरि निज विद्यर्थीहरुलाई खादा एवम् टिका लगाई सम्मानित गरेको छ। उक्त सम्मान कार्यक्रमको आयोजना शिक्षक अभिभावक संघका अध्यक्ष श्री परमानन्द जोशीज्यूको प्रमूख आतिथ्यमा संचालन गरिएको थियो भने कार्यक्रमा विद्यालयका प्रधानअध्यापक प्रेम बहादुर शाही तगाएत सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।