आज २०८१ माघ १८ गते नियमित शुक्रबासरीय आतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई विद्यालयबाट उत्सर्जित फोहर व्यवस्थापन गर्ने कार्यको जिम्मेबारी दिइएकोमा विद्यार्थीहरुले विद्यालय कम्पाउण्ड भित्रको कुहिने र नकुहिने फोहर छुट्ट्याई वर्गिकरण गरेका छन्। यस्ता कार्यले विद्यार्थीहरुलाई शिक्षण सिकाइका क्रियाकलापका साथसाथै व्यवहारिक, ज्ञान, सीप र नेतृत्व विकास एवम् समूहमा मिलेर कामगर्ने बानीको समेत विकास हुन्छ।