आज २०८१ माघ १८ गते यस श्री सिद्धनाथ माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत स-साना बालबालिकाहरुलाई काठमाण्डौ निवासी श्री मिङमा दोर्जे शेर्पाज्यूले एक कार्यक्रमको आयोजना गरि निशुःल्क झोला र टोपी वितरण गर्नुभएको छ। उक्त कार्यक्रमको अध्यक्षता यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री किशनदेब उपाध्ययज्यूले गर्नुभएको थियो भने कार्यक्रममा शि.अ.संघका अध्यक्ष श्री परमानन्द जोशीज्यूको समेत उपस्थिति रहेको थियो। श्री मिङमा दोर्जे शेर्पाज्यूले आफ्नो खाजा खर्चबाट केही रकम बचत गरि न्यून आय भएका परिवारका बालबालिकालाई निशुःल्क शैक्षिक समाग्री वितरण गर्ने गरेकोमा आज यस विद्यालयका बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरि सहयोग गर्नुभएको छ। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यायका प्रधानाध्यपक श्री प्रेम बहादुर शाही ‍‍एवम् वि.व्य.स. अध्यक्ष श्री किशनदेब उपाध्यायज्यूले निज शेर्पाज्यूलाई बालबालिकालाई यसरी सहयोग गर्ने उहाँको महान कार्यकालागि विद्यालय परिवारको तर्फबाट धन्यबाद दिनुभएको थियो।