शुक्रबासरीय  नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत आज २०८१ माघ २५  गते शुक्रबारका दिन श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, सिद्धार्थनगरको बालक्लबको सक्रियतामा आयोजित विद्यालयको चौतर्फी सरसफाई एवम् फोहर व्यवस्थापन कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरुले विद्यालयको चौतर्फी सरसफाई कार्य सम्पन्न गरेका छन्। विद्यालय भवनका विभिन्न तला लगाएत विद्यालयको प्राङ्गण सरसफाई गरि उत्सर्जन भएको फोहरको वर्गिकरण समेत गरी व्यवस्थापन गरेका छन्। विद्यार्थीहरुले सरसफाई एवम फोहर व्यवस्थापनमा देखाएको सक्रिएताका लागि समग्र विद्यार्थीहरुलाई धन्यबाद।