२०८२ बैशाख २५ गते,

नेपाल शिक्षक महासंघले २०८२ बैशाख १७ गतेका दिन २०८१ चैत्र २५ गतेबाट घोषित आम शैक्षिक हड्तालका कार्यक्रम फिर्ता लिए पश्चात विद्यालय नियमित रुपमा संचालन भइरहेको छ। यस सिद्धनाथ माध्यमिक विद्यालयले २०८२ बैशाख १८ गते देखि द्रुतगतिमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरी नियमित पठनपाठनका क्रियाकलापहरु सुचारु गरिरहेको छ। विद्यार्थीहरुको चाँप ह्वात्तै बढेसंगै पठनपाठनमा नियमितता र गतिशीलता दिदैं दैनिक शैक्षिक क्रियाकलापहरू सुचारुरपमा संचालन भरहेका छन्। नयाँ विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण जारी राख्दै विद्यालयले शैक्षिक गतिविधि तिब्र गतिमा अघि बढाइरहेको छ। नर्सरी देखि कक्षा ६ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको यस विद्यालयमा आफ्ना बालबालिकाहरु भर्ना गराउन ईच्छुक अभिभवकहरुलाई यथासिघ्र भर्नागराई लाभलिन हुन समेत विद्यालय आह्वान गर्दछ।