आज २०८२ असार २ गते श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी १२ सिद्धार्थनगरका प्रधानाध्यापक श्री प्रेम बहादुर शाहीले नियमित मासिक कार्यतालिका अनुसार प्रत्येक कक्षाका मोनिटर विद्यार्थी भाबहिनीहरु संग  छुट्टाछुट्टै भेटी विद्यार्थीहरुको नियमित पठन-पाठन विषयका सम्बन्धमा छलफल गर्नुभएको छ । आजै शिक्षहरुको समेत नियमित मासिक बैठक आह्वान गरीएकोमा जेठ महिना भरि भए/गरिएका शिक्षण सिकाइ क्रियाकलाप सम्बन्धमा प्रत्येक कक्षाका कक्षा शिक्षकहरुले बैठकमा मासिक प्रतिबेदन प्रस्तुत गरेका छन्। प्रतिवेदन प्रस्तुत गर्दा शिक्षण सिकाइ क्रियाकलाप गर्दा कक्षाकोठा भित्र देखिने समस्या र समाधानका विषयमा समेत शिक्षकहरुबीच व्यापक छलफल गरिएको छ।